National life

विकास हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो, १४ लाख ७८ हजार बढीले दिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
389Shares
विकास हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो, १४ लाख ७८ हजार बढीले दिए
ncell

काठमाडौँ। विकास हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ । कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले यही असार १८ गतेदेखि निष्काशन गरेको आईपीओमा हालसम्म (शुक्रवार) सम्ममा १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि १४ लाख ७८ हजार ४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमार्फत विकास हाइड्रोपावरले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

Royal Enfield
nic asia capital

लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउनेछन् ।त्यसका लागि लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् ।

आईपीओ बाँडफाँड नियमअनुसार छिट्टै हुने जनाएको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?