National life

मीड सोलुको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
535Shares
मीड सोलुको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं। मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज मंगलबार असोज २ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार सोमबार (असोज १ गते) साँझ ५ः०७ बसेसम्ममा १० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १८.७२ गुणा बढी आवेदन हो ।मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

https://aarthikvoice.com/archives/12825

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?