National life

युवा पुस्ताको अपेक्षा सम्बोधन हुने गरी काम गर्नेछु : प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
1.1kShares
युवा पुस्ताको अपेक्षा सम्बोधन हुने गरी काम गर्नेछु : प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाल
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने बताएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकबाट नियुक्त भएका उनले हालको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति नपाएको भन्दै सुधारमा काम गर्ने प्रतिबद्धता जनाए।

सिलवालले आफ्नो कार्यकालका मुख्य प्राथमिकताका विषयहरू पनि उल्लेख गरेका छन्। गुणस्तरीय विद्युत् आपूर्ति, विद्युत् पहुँच विस्तार, निर्यात प्रवर्द्धन, र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखिएको उनको भनाइ छ।

Royal Enfield
nic asia capital

कार्यकारी निर्देशक सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाउने युवा पुस्ताको सन्तुष्टिमा विशेष जोड दिएका छन्। उनले भने, “युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइरहेका छन्, उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ। देशभर अझै पनि विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता छ।”

औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनले बताए। “निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद-बिक्री बढाउने र भारत लगायतका मुलुकहरूमा आयात(निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गर्ने कुरामा काम गर्छौँ। प्राधिकरणले पहिले नै निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद(बिक्री गरिरहेको छ, आगामी दिनमा यस सहकार्यलाई थप बलियो बनाउनु पर्नेछ।”

सिलवालले प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई पनि आफ्नो अर्को प्रमुख एजेन्डा रहेको बताए। उनले आर्थिक र प्राविधिक रूपमा प्राधिकरणलाई सुदृढ बनाउने र डेडिकेटेड ट्रंकलाइनको बक्यौताको असुलीलाई प्राथमिकतामा राख्ने आवश्यकता औँल्याए।

उनी निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे। नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाट उर्जा रोडम्यापलाई मार्गदर्शक मान्दै उनले भने, “यो लक्ष्य निजी क्षेत्रको सहयोगमा मात्र सम्भव छ।”

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?