लक्ष्मी सन्राईज बैंक लि.को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि। बीच सो कम्पनीले ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा.
सो आयोजनाको कूल लागत ९.२८ अर्ब रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई गत असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि। र ए.एन.के कन्स्ट्रकशन रहेका छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम संस्थापकहरुको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सन्राईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।
सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।
































