काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन्।
सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्दै सिलवाललाई प्राधिकरणको नेतृत्वमा ल्याएको हो। जेन–जी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङको पहलमा सिलवाललाई नियुक्त गरिएको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, गुम्बाका स्थायी बासिन्दा सिलवाल सन् १९९४ (वि.सं.
२०५१) मा पाँचौँ तहका इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए। उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत रहँदै विभिन्न तहमा अनुभव हासिल गरेका अनुभवी प्राविधिक हुन्।
सिलवालले पदभार ग्रहणपछि प्राधिकरणलाई सेवा गुणस्तर सुधार, विद्युत् आपूर्ति सहज बनाउने र ग्राहकमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
































