National life

विकास हाइड्रोपावरको १०% बोनस, १ सय कित्ता हुनेले कति पाउँछन्?

विकास हाइड्रोपावरको लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
856Shares
विकास हाइड्रोपावरको १०% बोनस, १ सय कित्ता हुनेले कति पाउँछन्?
ncell

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीको खातामा थप १० कित्ता बोनस सेयर थपिनेछ। त्यस्तै, ५०० कित्ता हुनेको ५० कित्ता र १ हजार कित्ता हुनेको १०० कित्ता बोनस सेयर थपिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ छ। यसको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

बोनस सेयरको कर प्रयोजनका लागि कम्पनीले ०.५२६३ प्रतिशत अर्थात् ४७ लाख ८४ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश पनि प्रस्ताव गरेको छ।

कम्पनीका अनुसार बोनस सेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भइसकेको छ। अब आगामी साधारणसभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
856SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?