National life

हाइड्रोपावरमा देखियो सुधार, कुन कम्पनीले कति कमाए ?

हाइड्रोपावर नाफामा, कसले मार्‍यो बाजी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.1kShares
हाइड्रोपावरमा देखियो सुधार, कुन कम्पनीले कति कमाए ?
ncell

काठमाडौं । जलविद्युत कम्पनीहरूको वित्तीय नतिजामा गत आर्थिक वर्ष उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा न्यून नाफामा सीमित रहेका जलविद्युत कम्पनीहरूले गत वर्ष ११ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्।

अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल खुद नाफा ६४ करोड ४० लाख रुपैयाँ मात्रै रहेको थियो। गत आर्थिक वर्षमा भने कुल नाफा ११ अर्ब ७० करोड २२ लाख रुपैयाँ पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअनुसार एक वर्षमै जलविद्युत कम्पनीहरूको खुद नाफा १७१७ प्रतिशतले बढेको छ।

नाफामा आएको यो सुधारले पछिल्लो समय दबाबमा रहेको जलविद्युत क्षेत्रका लगानीकर्ताको मनोबलसमेत बढाउन सक्ने देखिएको छ। ठूला आयोजनाको उत्पादन तथा वित्तीय प्रदर्शनमा आएको सुधारले समग्र क्षेत्रको नाफा बढाउन महत्वपूर्ण योगदान गरेको छ।

विशेषगरी माथिल्लो तामाकोशीको वित्तीय सुधार उल्लेख्य देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६८ करोड १ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसबाट कम्पनीको वित्तीय अवस्थामा ४ अर्ब ६० करोड ६० लाख रुपैयाँभन्दा बढीको सुधार भएको छ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद नाफा कमाउने जलविद्युत कम्पनीमा साहस ऊर्जा रहेको छ। कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ८९ करोड रुपैयाँ नाफा गरेको कम्पनीको नाफा करिब ५२ प्रतिशतले बढेको हो।

त्यस्तै, नयाँ सूचीकृत सोलु हाइड्रोपावरले १ अर्ब ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अपि पावर कम्पनीले पनि ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ।

सूचीकृत जलविद्युत कम्पनीमध्ये ४६ वटा कम्पनीले अघिल्लो र गत दुवै आर्थिक वर्षमा नाफा कमाएका छन्। गत आर्थिक वर्षमा तीमध्ये अधिकांशको नाफा थप बढेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?