National life

भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, करिब २०० जनाको अवस्था अज्ञात

विभिन्न आयोजनामा कार्यरत ठूलो संख्याका मानिस सम्पर्कमा आउन सकेका छैनन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.2kShares
भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, करिब २०० जनाको अवस्था अज्ञात
ncell

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र आसपासका क्षेत्रमा सञ्चालित पाँच जलविद्युत् आयोजनामा कार्यरत करिब २०० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

बुधबार आएको बाढीले विद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै त्यहाँ कार्यरत कर्मचारी तथा कामदारको अवस्था समेत अनिश्चित बनाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको प्रारम्भिक विवरणअनुसार विभिन्न आयोजनामा कार्यरत ठूलो संख्याका मानिस सम्पर्कमा आउन सकेका छैनन्।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको जनाइएको छ। आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कमा छैनन्, जसमा आठ जना कोरियाली नागरिक रहेका छन्।

आयोजनाका परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स संयुक्त उपक्रमका सात जना पनि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। हेडवर्क्स क्षेत्रमा १२ जना तथा विद्युत्गृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको जानकारीसमेत प्राप्त भएको छ। आयोजनास्थलबाट प्रारम्भिक उद्धार सुरु भएको अनौपचारिक सूचना आएको इप्पानले जनाएको छ।

यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। टिमुरे क्षेत्रमा तीन जना अग्लो स्थानमा पुगेर सुरक्षित रहेको बताइएको छ। तर उनीहरूसँग समेत हालसम्म सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन।

५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत आठ जना कर्मचारीसँग बुधबारदेखि नै सम्पर्क टुटेको छ। उनीहरूको उद्धार तथा अवस्थाबारे जानकारी लिन हेलिकप्टर व्यवस्थापनको प्रयास भइरहेको इप्पानले जनाएको छ।

१२० मेगावाट क्षमताको रसुवा भोटेकोसी आयोजनामा कार्यरत निर्माण कम्पनी सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन्। अन्य पाँच जना नजिकैको गाउँमा आश्रय लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली रहेको तथा उद्धारका लागि हेलिकप्टरको तयारी भइरहेको जनाइएको छ।

त्यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि सुरुङभित्र रहेका ६० जनासँग सम्पर्क हुन सकेको छैन। उनीहरूमध्ये २५ जना कर्मचारी र ३५ जना कामदार रहेको इप्पानले जनाएको छ। उनीहरूको अवस्था अझै अज्ञात छ।

आयोजना विकासकर्ता कम्पनीका प्रतिनिधिहरू उद्धारका लागि घटनास्थल पुगे पनि प्रतिकूल अवस्थाका कारण हेलिकप्टर व्यवस्थापन हुन नसकेको इप्पानले जनाएको छ। प्रभावित आयोजनामा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि तत्काल हवाई तथा अन्य माध्यमबाट खोजी र उद्धार अभियान तीव्र बनाउनुपर्ने अवस्था देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?