National life

विद्युत बिक्री बढ्दा साहस ऊर्जा मजबुत, ब्याज खर्च घट्दा नाफामा ठूलो उछाल

१ अर्ब ३५ करोड नाफा कमायो साहस ऊर्जा, बुढीगण्डकी ‘क’ आयोजना अघि बढ्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
875Shares
विद्युत बिक्री बढ्दा साहस ऊर्जा मजबुत, ब्याज खर्च घट्दा नाफामा ठूलो उछाल
ncell

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको आम्दानी र नाफामा उल्लेख्य सुधार भएको जनाएको छ।

सार्वजनिक विवरणअनुसार कम्पनीले उक्त अवधिसम्म एक अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा करिब ५१.८४ प्रतिशतले बढी हो।

कम्पनीले सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी दुई अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको दुई अर्ब ६४ करोड रुपैयाँभन्दा बढी हो।

विवरणअनुसार प्रत्यक्ष कर तथा अमोर्टाइजेसन खर्च कटौतीपछिको नाफा एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च कटाएपछि सञ्चालन नाफा एक अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको छ।

साहस ऊर्जाको चुक्ता पूँजी चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष पनि वृद्धि भई तीन अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, मध्यम तथा दीर्घकालीन ऋण घटेर आठ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आफ्नो सहायक संस्था टाइम्स एनर्जी प्रालिमार्फत ३४१ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना अघि बढाइरहेको जानकारी दिएको छ। उक्त परियोजनाका लागि हकप्रद सेयर निष्कासन गर्ने तयारी समेत भइरहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?