काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले कम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार रुपैयाँमा निर्धारण गरिएको छ।
यससँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।
बिहीबार प्रतितोला ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५५ रुपैयाँले घट्दै ५ हजार २३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

































