काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले कमी आएको हो।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुन आज घटेर ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
शुक्रबार प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ३३५ रुपैयाँले घट्दै ४ हजार ८९५ रुपैयाँमा झरेको छ।





































