National life

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्ड प्रभावित भएका छन् ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
311Shares
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
ncell

काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कतिपय सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ भने केही सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशका विभिन्न सडकमा वर्षा र पहिरोका कारण यातायात प्रभावित भएको छ । ललितपुरको कान्तिलोकपथ र टिकाभैरव–चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् ।

Royal Enfield
nic asia capital

धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको भए पनि सुरक्षाका कारण आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । हेटौंडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ । काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात सञ्चालन गरिएको छ । रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण बन्द भएका छन् ।

कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ ।

गण्डकी प्रदेशमा पनि वर्षा र पहिरोले विभिन्न सडक खण्ड प्रभावित भएका छन् । मनाङको चामे–बेँसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् ।

त्यस्तै, मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग तथा तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

अवरुद्ध सडक खुलाउन प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेका छन् । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
311SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?