National life

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत

चिकित्सा शिक्षामा ठूलो लगानी, आयोगले स्वीकृत गर्‍यो वार्षिक बजेट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
964Shares
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत
ncell

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औं बैठकले उक्त बजेट पारित गरेको हो ।

स्वीकृत बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन गरिएको छ भने ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने बताइएको छ ।

यसअघि गत आर्थिक वर्षको अन्त्यसम्म आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु वर्षमा थप ३५ करोड रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमानसहित कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरिएको छ ।

आयोगका अनुसार आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव बसन्तप्रसाद कोइराला लगायत सहभागी थिए ।

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?