National life

अधिक तरलता बढेसँगै दैनिक अर्बौँ रकम खिच्दै केन्द्रीय बैंक, आज २५ अर्ब रुपैयाँ खिच्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
685Shares
अधिक तरलता बढेसँगै दैनिक अर्बौँ रकम खिच्दै केन्द्रीय बैंक, आज २५ अर्ब रुपैयाँ खिच्ने
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलतालाई व्यवस्थापन गर्नका निमित्त केन्द्रीय बैंकले आज बुधवारका दिन २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

केन्द्रीय बैंकले २१ दिन अवधि लागि को एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको जनाएको छ। यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्ने सूचनामा उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले यस अगाडि भदौ ३१ गते ५० अर्ब रुपैयाँ खिचेको थियो । भदौ महिनाभरिमा केन्द्रीय बैंकले सात पटक तरलता खिचेको छ। यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २३  गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?