National life

वाइ-फाई नेपालको ‘होम सिरिज’मा ५ नयाँ इन्टरनेट प्याकेज सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०१ भदौ २०८३, सोमबार
1.4kShares
वाइ-फाई नेपालको ‘होम सिरिज’मा ५ नयाँ इन्टरनेट प्याकेज सार्वजनिक
ncell

 काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वाइ-फाई नेपालले इन्टरनेटको आवश्यकता र आधुनिक जीवन शैलीलाई ध्यानमा राख्दै नयाँ 'होम सिरिज' सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिज अन्तर्गत ZTE डुअल ब्यान्ड राउटर सहित विभिन्न गतिका पाँचवटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो। घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता तथा ग्राहकको बजेटलाई ध्यानमा राखेर यी प्याकेज तयार गरिएको कम्पनीले जनाएको छ।

 नयाँ सिरिज अन्तर्गत ८० Mbps को ‘स्मार्ट प्याक’, १२० Mbps को ‘पावर प्याक’, १६० Mbps को ‘पावर प्लस प्याक’, २०० Mbps को ‘स्पिड प्याक’ र ३०० Mbps को ‘स्पिड प्लस प्याक’ समावेश छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका अनुसार ८० Mbps को प्याकेज विद्यार्थी, साना परिवार तथा सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि उपयुक्त छ। १२० Mbps को प्याकेज सीमित संख्यामा उपकरण प्रयोग गर्नेपरिवार लाई लक्षित गरिएको छ भने १६० Mbps को प्याकेज धेरै उपकरण प्रयोग हुने ठूला परिवारका लागि उपयुक्त हुनेछ। त्यसैगरी, २०० Mbps को प्याकेज अनलाइन गेमिङ तथा घरबाटै काम गर्ने प्रयोग कर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ। ३०० Mbps को प्याकेज भने होम, अफिस, व्यावसायिक कार्यतथा उच्च गतिको इन्टरनेट आवश्यक पर्नेप्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।

 कम्पनीका अनुसार होम सिरिजको उद्देश्य सुलभ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउनु मात्र नभई ग्राहकलाई गुणस्तरीय, भरपर्दोर उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्नुपनिहो। यसका लागिकम्पनीले इन्टरनेट कभरेज, राउटरको गुणस्तर, सेवाको स्थिरता, प्रयोगकर्ता अनुभव (User Experience) तथा ग्राहक सेवामा विशेष ध्यान दिएको जनाएको छ।

 नयाँ सिरिजमा समावेश गरिएको ZTE डुअल ब्यान्ड राउटरले २.४ गिगाहर्जर ५ गिगाहर्जदुवै ब्यान्डमा इन्टरनेट सञ्चालन गर्नसकिने सुविधा प्रदान गर्नेकम्पनीले जनाएको छ। कम्पनीका अनुसार राउटरको उच्च क्षमताले घरका विभिन्न स्थानमा इन्टरनेटको कभरेज सुधार गर्नुका साथै एकैपटक धेरै उपकरणमा इन्टरनेट प्रयोग गर्दा पनि स्थिर र भरपर्दो सेवा सुनिश्चित गर्न सहयोग पुर् याउँछ। यसले भिडियो कल, अनलाइन कक्षा, स्ट्रिमिङ, गेमिङ तथा अन्य डिजिटल गतिविधिमा सहज र प्रभावकारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

 वाइ-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले नयाँ ‘होम सिरिज’ सार्वजनिक गर्दै कम्पनीले ग्राहकको आवश्यकता अनुरूप सेवाको गुणस्तर सुधार गर्न निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मूल्य बढाएका छैनौँ, बरु हाम्रा ग्राहकका लागि सेवाको गुणस्तर बढाएका छौँ। नेपालकै विश्वासिलो र गुणस्तरीय ब्रॉडब्यान्ड कम्पनी बन्ने हाम्रो लक्ष्य हो।”

नयाँ होम सिरिज मार्फत ग्राहकले घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता तथा बजेटअनुसार आफूलाई उपयुक्त इन्टरनेट प्याकेज छनोट गर्नसक्नेछन्।

थप जानकारीका लागि ग्राहकले वाइ-फाई नेपालको वेबसाइट wifinepal.com.np मा जान वा ०१-५९७०७८९ मा सम्पर्क गर्न सक्नेछन्।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?