काठमाडौं । कामना सेवा विकास बैक र भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रा लि बिच छुट सम्झौता भएको छ ।
कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रा लि सँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रा लि मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने सम्झौतामा जनाईएको छ ।
यस सम्झौताबाटबैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत्आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।































