National life
cg eloctronics

औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ :सभापति अन्सारी

उनले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था तथा श्रमिकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन निरीक्षण गरिएको बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.6kShares
औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ :सभापति अन्सारी
ncell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय हुने बताएका छन्।

मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था तथा श्रमिकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन निरीक्षण गरिएको बताए।

सभापति अन्सारीले भने, ,‘यो मात्र होइन, देशभरिका औद्योगिक क्षेत्रहरूको व्यवस्थापन कसरी भइरहेको छ, अहिलेको वस्तुगत अवस्था के छ र कस्ता काम अगाडि बढेका छन् भन्ने बुझ्न हामी यहाँ आएका हौं। उद्योगभित्र मजदुरहरूको अवस्था कस्तो छ भन्ने पनि अध्ययन गरिरहेका छौं।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले स्थलगत अध्ययनबाट प्राप्त जानकारीका आधारमा समितिले उद्योगसँग सम्बन्धित नीति, कानुन र कार्यान्वयनका विषयमा सरकारसँग जवाफ माग्ने तथा आवश्यक सुधारका लागि पहल गर्ने बताए।

उनले भने, ‘समितिमा उद्योगसँग सम्बन्धित विषयहरूमा नीतिगत छलफल हुनेछ र देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग जवाफ खोज्ने काम गर्छौं।’

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न, प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्न समितिले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

सभापति अन्सारीले भने, ‘यो लिमिटेडलाई अझ अधिकारमुखी र सबल कसरी बनाउने भन्ने विषयमा हाम्रो विशेष जोड रहनेछ।’

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?