काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले श्रीलंकाका आक्रामक ब्याटर कुसल परेरालाई टोलीमा अनुबन्ध गरेको छ।
बायाँहाते ब्याटर परेरा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका लागि परिचित छन्। श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका उनी विभिन्न देशका टी–२० लिगमा समेत सहभागी भइसकेका छन्।
परेराको आगमनले जनकपुर बोल्ट्सको ब्याटिङ पक्ष थप मजबुत हुने अपेक्षा गरिएको छ। उनको आक्रामक खेलशैली र अन्तर्राष्ट्रिय अनुभवले टोलीलाई प्रतियोगितामा राम्रो प्रदर्शन गर्न तथा उपाधि जित्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास फ्रेन्चाइजले लिएको छ।





































