काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



































