National life
cg eloctronics

‘कुन युगको कुरा गर्नुभएको हो?’ भन्दै अर्थमन्त्री वाग्लेलाई ज्ञवालीको प्रश्न

‘भारतविरोधी राष्ट्रवादको युग’ बारे वाग्लेलाई ज्ञवालीको प्रश्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ कात्तिक २०८३, सोमबार
350Shares
‘कुन युगको कुरा गर्नुभएको हो?’ भन्दै अर्थमन्त्री वाग्लेलाई ज्ञवालीको प्रश्न
ncell

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन्। उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक र असान्दर्भिक भएको टिप्पणी गर्दै यसले नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्‍याउन सक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उपयुक्त नहुने बताएका छन्। नेपालमा कहिल्यै पनि ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको धारणा मान्न नमिल्ने उनको भनाइ छ। उनले अर्थमन्त्री वाग्लेले कुन ‘युग’ को कुरा गरेका हुन् भन्दै प्रश्नसमेत गरेका छन्।

ज्ञवालीले नेपाल र भारतबीच रहेका विभिन्न समस्यालाई उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय भएको बताएका छन्। उनका अनुसार दुई देशबीचको सीमा समस्या, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउन भोग्नुपर्ने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या अझै समाधान हुन सकेका छैनन्।

त्यस्तै, नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भइरहेको ढिलाइप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।

छिमेकी मुलुकसँगको सम्बन्ध बलियो बनाउन यी समस्यालाई लुकाएर नभई खुलस्त छलफलमार्फत समाधान खोज्नुपर्ने ज्ञवालीको धारणा छ। उनले समस्याबारे कुरा उठाउनु भारतविरोध नभई नेपालको राष्ट्रिय हितको रक्षा गर्ने विषय भएको स्पष्ट पारेका छन्।

ज्ञवालीले राष्ट्रिय हितको संरक्षण गर्नु हरेक सरकारको दायित्व भएको उल्लेख गर्दै यस्ता विषयमा बलियो राष्ट्रिय एकता र सहमति आवश्यक रहेको बताएका छन्। त्यसका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्ने उनको जोड छ।

यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने भन्दै ज्ञवालीले त्यसले उल्टै देशको हितमा आँच पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?