National life

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
457Shares
चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित
ncell

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न गरेको छ।

कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभसहित करिब २०० भन्दा बढी सहभागीको उपस्थितिमासेल्स कन्भेन्सन सम्पन्न गरेको हो।

कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कालगायत उच्च पदाधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखका आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जानकारी गराए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात कम्पनीले हरेक सूचकहरुमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समयसापेक्ष उत्कृष्ट योजना र नवीनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको बताए।

सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाबल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुका साथ रहेको हुँदा आगामी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योति नै अब्बल हुने कुरामा आफूले दृढ विश्वास लिएको बताए।

अर्का सञ्चालक नन्दकिशोर शर्माले कम्पनीको बृहत्तर हित र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको बताए।

कम्पनीका अध्यक्ष केशवप्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीलाई धन्यबाद दिनुका साथै व्यापार विस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरुको सूक्ष्म पहिचान गरी व्यवस्थापन गर्नुपर्ने र बीमा प्राधिकरणबाट जारी भएका सम्पूर्ण नीति–नियम अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?