National life

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १०.२५ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कती ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८०, शनिबार
442Shares
नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १०.२५ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कती ?
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यसले १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १३.९८ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । गत वर्ष ४ अर्ब ३७ करोड थियो । हाल यस कम्पनीले चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन अर्निङमा ७९ करोड ३३ लाख छ । ग्रस कम्पनीको कन्ट्याक्ट लियाबलिटिज् (जीवन बीमा कोष) १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

प्रथम त्रैमासमा कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.८९ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी थोरैले बढेर ७ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७२ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?