National life

“नेपाल लाइफ समृद्धि लगानी योजना” सामूहिक लगानी कोषको बिक्रि खुल्ला

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1KShares
“नेपाल लाइफ समृद्धि लगानी योजना” सामूहिक लगानी कोषको बिक्रि खुल्ला
ncell

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेकोर नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आज मिति २०८२ माघ ४ गते देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डबाट मिति २०८२\०९\१३ गते प्रति इकाई रु १०/ रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो ।

उक्त फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । नेपाल लाइफ म्युचुअल फण्ड अन्र्तगतको यो पहिलो बन्दमुखी योजना होर यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ।

उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि आश्वा प्रणली मार्फत पनि आवेदन दिन सक्नेछन्।

बिक्रि खुल्ला भएको म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कोष प्रबद्र्घलाई ““[ICRANP-IR] AA- [High degree of safety regarding timely servicing of financial obligation] र योजना व्यवस्थापकलाई ““[ICRANP] AMC Quality 3 (AMC3)” [Adequate assurance on

management quality] रेटिङ्ग प्रदान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?