National life

नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ पुस २०८०, बुधबार
453Shares
नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक निधन भएको थियो । पाँच लाख रुपैयाँको बीमा गरेकी उनको हक वाला १० वर्षीय छोरा सुदिप पौडेललाई घर नकिजैको मेलम्ची नगरपालिका वडा नं १ को कार्यालयमा पुगेर बीमा कम्पनीले दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, तीनकुने शाखाका प्रमुख सुर्य बहादुर श्रेष्ठ, नेशनल लाइफ राज निर्मला एजेन्सी कार्यालय प्रमुख यतिराज अधिकारीको उपस्थितिमा मेलम्ची नगरपालिका वडा नं १ का अध्यक्ष कृष्ण मुरारी चौलागाईले हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा बीमा गराउने तथा दावी भुक्तानीको लागि आवश्यक कागजात पुर्याएर सहयोग गरेकी सरिता अर्याल रोक्का पनि उपस्थिति रहेको थियो । बीमा दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चौलागाईले जीवन बीमा आम जनताको निकै महत्वपूर्ण र जरुरी रहेका बताउँदै बीमा मानिसको जीवनमा जुनसुकै बेला पर्न सक्ने अप्रत्यासित घट्नाबाट बच्न सकिने आर्थिक आधार भएकोले सबै मिलेर बीमा गर्न आग्रह गरे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?