काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ।
रम्भा गा.पा–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्स क.लि.मा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको र निजलाई वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएपछि उपचार गराएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो ।
घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कँवर क्षेत्रीले एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको थियो ।
सन नेपाल लाइफका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताउनुभयो । उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको छ ।
कलष्टर हेड क्षेत्रीले भन्नुभयो– “वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत १० लाख बरावरको बीमा सुरक्षा, १० लाख बरावरको स्थायी अशक्तता सुविधा, ५ लाखको घातक रोगहरुमा उपचार, २ लाख बीमितको आयको नोक्सानी वापतको खर्च, १ लाखको किरिया तथा अन्य खर्च, १ लाख शव परिवहन खर्च तथा १ लाख सम्मको औषधोपचार खर्च पाइने हुनाले आफूले पाउने सुविधाहरुको विषयमा राम्रोसँग जानकारी लिई घटना घटेको खण्डमा सन नेपाल लाइफको जुनसुकै कार्यालयमा गई दावी प्रक्रिया शुरु गर्न सकिन्छ ।”
“विदेशी भूमिमा स्वदेशी सुरक्षाको प्रतिबद्धता ।” भन्ने नारा सहित सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम गर्नको लागि विदेशमा जाने नागरिकहरुलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा मार्फत सुरक्षित गराउँदै आएको कुरा कम्पनीका बुटवल कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिका का नगर प्रमुख रमण बहादुर थापाले भन्नुभयो– मरेपछि मात्र वा अवधि पुगेपछि मात्र बीमाबाट दावी भुक्तानी पाईन्छ भन्ने भ्रम समाज रहेको समयमा छिटो छरितो तरिकाले स्थानीय स्तरमै गएर सन नेपाल लाइफले बीमितलाइ घातक रोग लाग्दा पनि भुक्तानी दिएको कारण जनसमुदायमा बीमा प्रति सकारात्मक धारणा सिर्जना गर्न मदत पुगेको छ, यस कार्यका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद ।
साथै उहाँले सबैले आफूसक्दो जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, सन नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।




































