काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालकमा तेज बहादुर चन्द लाई नियुक्त गरेको छ ।
कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले चन्दलाई कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
चन्द संस्थापक सेयर धनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको छ ।




































