National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मार्यो छलाङ्ग नाफा २६३ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८०, शनिबार
836Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सले मार्यो छलाङ्ग नाफा २६३ प्रतिशतले वृद्धि
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा तीन करोड ६३ लाखबाट २६३.३१% ले बृद्धि भई १३ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको बीमा दावी भुक्तानी ३८.१३ प्रतिशतले बृद्धि भई ३७ करोडबाट बढेर ५२ करोड पाँच लाख ३९ हजार ४०६ रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै कम्पनीको जीवन बीमा कोष २९ अर्ब ५० करोड २४ लाख ५० हजार पुगेको छ । गत आवमा कम्पनीको कूल जीवन बीमाकोषको रकम २७ अर्ब रुपैयाँ थियो ।कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या आठ लाख ९१ हजार पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.६२ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ८१९.३१ रुपैयाँ रहेको छ । नेटवर्थ प्रतिशेयर १३६.८० रुपैयाँ रहेको छ भने पिई रेसियो ४२ः८४ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?