National life

लाभांश वितरणको मुख्य एजेन्डा सहित शिखर इन्सुरेन्सले एजीएम बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
558Shares
लाभांश वितरणको मुख्य एजेन्डा सहित शिखर इन्सुरेन्सले एजीएम बस्दै
ncell

काठमाडौं । आज फागुन १३ गते शिखर इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेभएको छ ।

सभाले कम्पनीको सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्का साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि समेटिएको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३० बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?