काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज फागुन १३ गते कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथलीमा वार्षिक सभा सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल भएको छ। त्यसका साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित गरेको छ ।





































