National life

बेनी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइन्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
880Shares
बेनी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइन्छ ?
ncell

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत भदौ २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले २०८२ माघ २९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जारी गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

यसैगरी, कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन तथा बाँडफाँट सम्पन्न गरिसकिएको छ । यी समूहमा सेयर बाँडफाँटपछि बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बेनी हाइड्रोपावरलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीमा समयमै वित्तीय दायित्व बहन गर्ने क्षमताका सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?