National life

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा नेपाली रुपैयाँलाई कस्तो प्रभाव पर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
585Shares
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा नेपाली रुपैयाँलाई कस्तो प्रभाव पर्ला ?
ncell

काठमाडौँ । आज शुक्रवार अमेरिकी डलरको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रवार (मङ्सिर १५ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital
यसअघि मङ्सिर १० गते भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७० पैसा पुगेर रेकर्ड बनाएको थियो । भारतीय रुपैयाँसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ  ।

पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरूलाई समग्रमा घाटा बढी पर्न जान्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ ।

विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन सक्छ । समग्रमा नेपाली बजारलाई डलरको भाउ महँगो हुँदा घाटा र नाफा दुवै छ । तर निर्यात व्यापारको हिस्सा निकै सानो र आयात अनुपात निकै ठुलो भएकाले घाटाको अनुपात नै बढी हुने अर्थविद्हरू बताउँछन् ।

https://aarthikvoice.com/archives/18773

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?