National life

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
356Shares
पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
ncell

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।  

ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा थाइल्याण्डका महामहिम डोनाविट पोल्सवात, संघीय गणतन्त्र ब्राजिलका महामहिम क्लाउडियो राजा गाबाग्लिया लिन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका महामहिम मोहम्मद आमिर खान, फ्रान्सकी महामहिम फ्रान्स्वाइज पुइग–इन्जा र गणतन्त्र कोरियाका महामहिम पार्क जे–क्युङ रहेका छन्। 

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त सबै राजदूतहरू नेपालका लागि आवासीय राजदूत हुन्। 

Royal Enfield
nic asia capital

ओहोदाको प्रमाणपत्र पेस गर्न आएका राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्ला (घोडचढी दस्ता) सहितको बग्गीमा सम्मानपूर्वक सवारी गराइएको थियो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । 

यो समाचार शेयर गर्नुहोस्
356SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?