National life

राहत कोषमा अमेरिका–नेपाल सहयोगी समाजद्वारा १ करोड ४२ लाख हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
323Shares
राहत कोषमा अमेरिका–नेपाल सहयोगी समाजद्वारा १ करोड ४२ लाख हस्तान्तरण
ncell

न्यूयोर्क । अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)ले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२,९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपैंयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क आउनुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग भर्जिनियाबाट न्यूयोर्क पुगेर समाजका प्रतिनिधिहरुले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । 

हस्तान्तरण गरिएको चेक ग्रहण गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले संस्थालाई धन्यवाद दिदै यसरी प्राप्त भएको रकमलाई सहि ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गरे ।

Royal Enfield
nic asia capital
साथै उनले एएनएचएसका प्रतिनिधिहरुले दिएको सुझाव र विदेशमा बस्ने नेपालीहरुका समग्र समस्याहरुको समाधानका लागि नेपाल सरकार सकारात्मक रहेको धारणा समेत व्यक्त गरे । 

कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कामना पन्थीले एएनएचएसको संक्षिप्त परिचय तथा गरिरहेका कामको बारेमा जानकारी गराएकी थिइन् ।,

त्यस्तै बोर्ड अफ ट्रष्टीजका अध्यक्ष केदार प्रसाद तिम्सिना, राहत संकलन समितिका संयोजक मधुसुदन पन्थी, संस्थाका पूर्वअध्यक्ष पदमराज रेग्मी र पूर्वअध्यक्ष कमला खरेलले प्रवासमा बसोबास गर्ने नेपालीहरुका समस्या तथा समाधानको लागि नेपाल सरकारले तत्काल गर्नसक्ने उपायको बारेमा सुझाव समेत दिएका थिए ।

नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत शरदराज आरणको समन्वयमा कार्यक्रमको संयोजन न्यूयोर्क स्थित महावाणिज्यदुत दधिराम भण्डारीले गरेका थिए भने उपवाणिज्यदुत बलराम पाण्डेले व्यवस्थापकीय सहयोग गरेका थिए । 

सहयोग रकम संकलनको लागि संस्थाका पूर्वसंरक्षक एवं सल्लाहकार मधुसुदन पन्थीको संयोजकत्वमा, बोर्ड अफ ट्रष्टीजका सभापति केदार प्रसाद तिम्सिना, वर्तमान कार्यसमिति अध्यक्ष कामना पन्थी, पूर्वअध्यक्षहरु– सागर कँडेल, पदमराज रेग्मी, कमला खरेल, कमल भट्टराई, जानु ओझा, संस्थाका वीत्त प्रमुख तिलक खरेल, वर्तमान कार्यसमितिका महासचिव विष्णु न्यौपाने र कोषाध्यक्ष ध्रुव बराल सदस्य रहेको ११ सदस्यीय राहत संकलन समिति निर्माण गरिएको थियो ।

समितिले एएनएचएसका सम्पूर्ण सदस्यहरु, स्थानीय संघ संस्था तथा व्यवसायी एवं विभिन्न दाताहरुलाई संस्थाले स्थापना गरेको भोटेकोशी बाढीपहिरो राहतकोषमा आफ्नो इच्छा अनुसारको रकम सहयोग गर्न अनुरोध गरेको थियो ।

अमेरिका नेपाल सहयोगी समाजले भोटेकोशीमा हिम सुनामी गएको लगत्तै भर्जिनियाको न्याक भवनमा दीप प्रज्वलन गरेर मृतकहरुप्रति भावपूर्वक सम्मान र श्रद्धासुमन अर्पण गरेको थियो ।

सन् २००८ मा अमेरिकाको डिसी मेट्रो एरिया अन्तर्गत भर्जिनिया राज्यको मनाससमा स्थापना भएको नेपालीहरुको साझा संस्था अमेरिका नेपाल सहयोगी समाज विधिवत रुपमा अमेरिकाको कानुन ५०१ (सी) ३ प्रावधान अनुसार स्थापना गरिएको गैरनाफामूलक संस्था हो ।

स्थापनाकालदेखि नै विभिन्न सामाजिक एवं रचनात्मक कामको माध्यमबाट यो संस्था अमेरिका भर स्थापित तथा नेतृत्वदायी संस्थाको रुपमा परिचित हुँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
323SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?