National life

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.6kShares
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
ncell

काठमाडौँ- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुवै जनाबीच भेटवार्ता भएको हो। अर्थमन्त्री वाग्ले र भारतीय वित्तमन्त्री सीतारमणबीच ‘वन अन वन’ र प्रतिनिधिमण्डलसहित छुट्टछुट्टै भेटवार्ता भएको थियो।

दुवै जनाबीच नेपाल र भारबीचको दीर्घकालीन आर्थिक साझेदारीलाई सुदृढ र फराकिलो बनाउन विकास सहकार्यका साथै बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री वाग्लेको भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुवै जनाबीच शुक्रबार भेटवार्ता हुने जनाइएको छ।

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगेका हुन्। उनको शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?