National life
cg eloctronics

भोटेकोशी विपद् : सुरुङभित्र ३७ शव फेला, ड्रोनले देखायो सुरुङभित्रको भयावह दृश्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.6kShares
भोटेकोशी विपद् : सुरुङभित्र ३७ शव फेला, ड्रोनले देखायो सुरुङभित्रको भयावह दृश्य
muktinatha bikash bank

काठमाडौं । गत भदौमा भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको छ। सुरुङभित्रको अत्यन्तै जोखिमपूर्ण अवस्थाका बीच उद्धार टोलीले घटनाको ११औँ दिन एक चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सुरुङभित्रको खोज तथा उद्धार अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनका अनुसार आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी उद्धार कार्ययोजना बनाइएको थियो। प्रारम्भिक निरीक्षणका क्रममा सुरुङभित्र प्रवेश गर्न सकिने दुईवटा सम्भावित मार्ग मात्रै फेला परेका थिए। अन्य प्रवेश मार्ग अवरुद्ध थिए।

everest bank

नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अघि बढाएका थिए। आयोजनाको पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थापाले जानकारी दिए।

तर, डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन। उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्दा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो। कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर टोली अघि बढेको थियो।

सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको थापाले बताए।

अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब १ हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। निरीक्षणका क्रममा उक्त क्षेत्र पूर्ण रूपमा अवरुद्ध भएको पाइएको थियो।

खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए। सोही क्षेत्रमा ३७ जनाको शव फेला परेको सहायक रथी थापाले जानकारी दिए।

उनका अनुसार सुरुङभित्रको अवस्थाले प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखाएको छ। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म उद्धार टोली पुगे पनि त्यसपछिको क्षेत्रमा प्रवेश गर्न सक्ने अवस्था छैन।

थापाका अनुसार सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङमध्ये १७ फिटसम्म पानी र लेदो जमेको छ। यसले उद्धार कार्यलाई थप जटिल बनाएको छ।

अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिने सम्भावनाबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको उनले बताए।

सुरुङभित्रको अवस्था अझै जोखिमपूर्ण रहेकाले खोज तथा उद्धार कार्य जारी रहेको छ। हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?