National life
cg eloctronics

विष्णु पौडेल प्रकरणमा सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन निर्देशन

रिट सुनुवाइ अघि बढ्दै—सम्पत्ति शुद्धीकरण मुद्दा जोडियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
794Shares
विष्णु पौडेल प्रकरणमा सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन निर्देशन
ncell

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल माग गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित सम्पूर्ण तथ्य र प्रमाणको विस्तृत अध्ययन गर्न आवश्यक ठहर गर्दै उक्त आदेश जारी गरेको हो। सो मुद्दामा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका छन्।

यो रिट विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेकी हुन्। अदालतले विशेष अदालतमा रहेको सम्पूर्ण कागजात र प्रमाण सर्वोच्चमा पेश गर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वोच्च अदालतले रिटमा उठाइएका विषय र विशेष अदालतमा चलिरहेको मुद्दाबीच सम्बन्ध देखिएको उल्लेख गर्दै निष्पक्ष निर्णयका लागि सक्कल मिसिल आवश्यक भएको जनाएको छ।

अब आवश्यक कागजात सर्वोच्चमा पुगेपछि रिटमाथिको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?