National life

क्यासिनोमा जुवा खेल्दै गरेको आरोपमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२१ भदौ २०८३, आइतबार
930Shares
क्यासिनोमा जुवा खेल्दै गरेको आरोपमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
ncell

काठमाडौं । वीरगञ्जस्थित एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित क्यासिनोका चार कर्मचारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा इन्स्पेक्टर पौडेल र सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ पर्ने अन्यमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन्।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?