रुपन्देही । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर २ मा व्यवसायी चुन्नप्रसाद पौडेलले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय पौडेल यशोदा फुड्सका सञ्चालक हुन्।
पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने तथा व्यवसायिक क्षेत्र र आम कार्यकर्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको पौडेलले बताएका छन्।
पौडेलले नेपाली कांग्रेसको संगठनलाई स्थानीय तहदेखि नै बलियो बनाउँदै कार्यकर्ताका भावना, सुझाव र अपेक्षालाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन्।
व्यवसायिक क्षेत्रमा आफ्नो अनुभवलाई पार्टी संगठनसँग जोड्दै निजी क्षेत्रका समस्या, सम्भावना र उद्यमशीलताका विषयलाई नीतिगत तहसम्म पुर्याउन पहल गर्ने उनको भनाइ छ।
यशोदा फुड्समार्फत खाद्य तथा उपभोग्य वस्तुको क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले व्यवसायी, उद्यमी तथा पार्टीका कार्यकर्ताबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउन आफूले काम गर्ने बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनको सुदृढीकरणसँगै कार्यकर्ताका आवाजलाई प्राथमिकताका साथ उठाउने र पार्टीको नीति निर्माण प्रक्रियामा त्यसलाई जोड्ने पौडेलले बताएका छन्।


































