काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतले विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको साइबर ब्युरोलाई प्रसाईंमाथि थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार प्रसाईंले युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै उनका छोराको शवसँग सांसद पद साटेको आरोपसहित अपमानजनक अभिव्यक्ति दिएका थिए।


































