National life

नयाँ EV कर नीतिपछि नेपालमा BMW iX1 को मूल्य रु. १ करोड ३० लाखले वृद्धि

नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी EV ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.1kShares
नयाँ EV कर नीतिपछि नेपालमा BMW iX1 को मूल्य रु. १ करोड ३० लाखले वृद्धि
ncell

काठमाडौं: नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्स प्रा. लि.ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ। यसअन्तर्गत BMW iX1 eDrive20 को मूल्य रु. १,९९,९६,००० बाट बढेर रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
३,२९,९६,००० पुगेको छ। अर्थात् यस मोडेलको मूल्यमा रु. १,३०,००,००० को वृद्धि भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत EV मा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि BMW का विद्युतीय गाडीहरूको मूल्य बढेको हो। नयाँ व्यवस्थाअनुसार अब EV मा लाग्ने कर मोटरको क्षमता भन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ। यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ।

BMW iX1 मात्र नभई BMW का अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्स्मी प्रिमियम मोटर्सले जनाएको छ। नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ।

अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी EV ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन्। यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ।

मूल्य वृद्धि भए पनि BMW का विद्युतीय गाडीहरूले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा, उत्कृष्ट आरामदायी अनुभव तथा शून्य उत्सर्जनयुक्त ड्राइभिङ अनुभव प्रदान गरिरहने कम्पनीको भनाइ छ। लक्स्मी प्रिमियम मोटर्सले नेपाली ग्राहकहरूलाई BMW का नवीनतम विद्युतीय सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?