National life
cg eloctronics

फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
797Shares
फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै
ncell

काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। 

समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।

समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ ।

समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् । 

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?