National life

फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्‍याउने लक्ष्य

पुँजी विस्तारको लक्ष्यसहित फिनोभेटिभ ग्रुपको पहिलो साधारण सभा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
366Shares
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्‍याउने लक्ष्य
ncell

काठमाडौँ । ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रही युवा सि.ए.हरु तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रा. लि.

Royal Enfield
nic asia capital
को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न कम्पनीमा संचालक समितिका साथ–साथै व्यवस्थापन समिति तथा लगानी समिति रहेको बताउनुभयो ।

सभाले आगामी ३ वर्षभित्र कम्पनीको पुँजी विस्तार गरी रु. ३० करोड पु¥याउने वित्तीय प्रक्षेपण पारित गरेको छ । हाल कम्पनीको जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड १६ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा कम्पनीका संचालक जनक तिवारीले वित्तीय अवस्था, प्रगति विवरण तथा भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यसैगरी, कात्र्तिक १ गतेदेखि लागू हुने गरी प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप गरी १०५ रुपैयाँका दरले थप लगानी गर्न पाउने तथा त्तगबषिष्भम क्ष्लकतष्तगतष्यलब िक्ष्लखभकतयच को अनुमतिपत्र लिने प्रस्तावहरु पारित भएको छ ।

कम्पनीले पुँजी बजार, सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा जोखिम र प्रतिफलको मूल्याङ्कन गरी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति लिएको छ । कार्यक्रमका प्रमुख अतिथि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताउनुभयो ।

यो समाचार शेयर गर्नुहोस्
366SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?