National life
cg eloctronics

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्न एनआरएनए तयारः अध्यक्ष डा. शर्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२५ असोज २०८३, आइतबार
1.9kShares
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्न एनआरएनए तयारः अध्यक्ष डा. शर्मा
muktinatha bikash bank

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्न संघ तयार रहेको जनाएका छन् ।

संघ स्थापना भएको २३ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शर्माले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ’नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो अभियानले ९० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अध्यक्ष शर्माले हालै बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार र राहतसँगै अब दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार रहेको बताए । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ को भावनालाई व्यवहारमा उतार्न गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । उनका अनुसार हालै १० अर्ब रुपैयाँको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनमा आए पनि नागरिकताको विषय पूर्ण रूपमा सम्बोधन नहुँदा लगानीकर्तामा केही आत्मविश्वास कम भएको छ।

everest bank

नेपालको विकासका लागि बौद्धिक लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न चौथो विश्व ज्ञान सम्मेलन तथा ’एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी’ स्थापनाको तयारी गरिएको तथा पहिलोपटक एनआरएन विश्व महिला सम्मेलन र दोस्रो पुस्ताका युवाहरूलाई जोड्ने गरी विभिन्न कार्यक्रमहरू पनि अघि सारिएको उनले बताए ।

अध्यक्ष शर्माले विश्वभरका श्रमिकहरूको हकहित, सुरक्षित आप्रवासन र मतदानको अधिकारका लागि संघले अन्तर्राष्ट्रिय श्रम संगठन, आइओएम र रेडक्रसजस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको र संस्थालाई अझ आधुनिक, समावेशी र पारदर्शी बनाउन अनलाइन मतदान प्रणालीसहितको ‘रिब्रान्डिंग ’ कार्यक्रम सुरु गरिएको पनि जनाए । उनले हालै बाढीपीडितहरूलाई सहयोग गर्ने विश्वभरका गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दै बडादशैँ, तिहार तथा छठ लगायतका चाडपर्वहरूका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?