National life

स्थायी घर नबन्दासम्म भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार राहत

कुनै परिवारले नगद भाडा सुविधा लिन नचाहेमा सरकारले नै स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गरिदिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
913Shares
स्थायी घर नबन्दासम्म भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार राहत
ncell

काठमाडौँ । भोटेकोशी बाढीले घरबारविहीन भएका परिवारलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च उपलब्ध गराउने भएको छ । बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई हरेक महिना १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको हो ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताएका छन् ।

चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ । यसरी परिवारमा सदस्य संख्या बढ्दै जाँदा उपलब्ध गराइने मासिक रकम पनि सोहीअनुसार बढ्नेछ ।

कुनै परिवारले नगद भाडा सुविधा लिन नचाहेमा सरकारले नै स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत दिएको छ ।

मन्त्री तिमिल्सिनाका अनुसार राहत तथा आवास सुविधा उपलब्ध गराउन आवश्यक विवरण र तथ्याङ्क संकलनको प्रक्रिया अघि बढाइएको छ । यसका लागि सम्बन्धित सबै स्थानीय तहमा आवश्यक फाराम पठाइसकिएको छ ।

सरकारले स्थानीय तहबाट प्राप्त हुने विवरणका आधारमा प्रभावित परिवारको पहिचान गरी आवास भाडा वा अस्थायी आवासको सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?