National life

विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् समितिको सभापतिमा पराजुली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
366Shares
विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी
ncell

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा गएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता गणेश पराजुलीले गर्ने भएका छन्।

समितिको सभापतिका लागि पराजुलीको मात्रै उम्मेदवारी परेको छ। सभापति चयनका लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ।

उनको उम्मेदवारीलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।

Royal Enfield
nic asia capital
उम्मेदवारीको प्रस्तावकमा नेपाली कांग्रेसका मोहन आचार्य छन् भने समर्थकमा नेकपा एमालेका पुष्पराज कँडेल, नेकपाका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र रास्वपाकी निशा डाँगी रहेका छन्।

रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रतिनिधि सभाले असोज ५ गते हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको थियो।

समितिमा १५ जना सांसद सदस्य छन् र यसको कार्यअवधि तीन महिना तोकिएको छ। आवश्यकता अनुसार समितिको म्याद थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।

समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, हिमनदी, हिमताल, हिमपात तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमबारे अध्ययन गर्नेछ। साथै, भोटेकोशी–त्रिशूली विपद्को कारण, प्रभाव, जलवायु परिवर्तनसँगको सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समेत समीक्षा गर्नेछ।

त्यस्तै, खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत वितरण, अस्थायी बसोबास, आधारभूत सेवा र जीविकोपार्जन पुनर्स्थापनाको अवस्थाबारे अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिले दिगो पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, पूर्वचेतावनी प्रणाली, जलवायु कूटनीति तथा सीमापार सहकार्यका विषयमा समेत सरकारलाई सुझाव दिनेछ।

यो समाचार शेयर गर्नुहोस्
366SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?