National life

जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
387Shares
जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ
ncell

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पराजुलीले समितिको सभापतिको हैसियतमा शपथ लिएका हुन्।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण र भविष्यमा विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव दिन विशेष समिति गठन गरिएको हो।

समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनी तथा संस्थागत सुधार, जलवायु न्याय र राज्यले अवलम्बन गर्नुपर्ने दीर्घकालीन कार्यदिशाबारे समेत अध्ययन गरी सिफारिस गर्नेछ।

Royal Enfield
nic asia capital

शपथपछि समितिका सभापति पराजुलीले विपद् पूर्वतयारीका लागि यसअघि भएका कामकारबाहीको समीक्षा गरी उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयमा समितिले अध्ययन गर्ने बताए।

उनका अनुसार विकासका पूर्वाधारलाई जलवायु परिवर्तनका जोखिमसँग जुध्न सक्ने तथा सुरक्षित बनाउने उपायसमेत समितिको अध्ययनको प्राथमिकतामा रहनेछ।

पराजुलीले विपद्को जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने गरी सशक्त प्रतिवेदन तयार पार्दै प्रभावित नागरिकलाई न्यायको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे।

दसैँ–तिहारको बिदा र संसद् अधिवेशनबीचको अन्तरालका कारण समय सीमित रहे पनि अध्ययन गर्नुपर्ने विषय व्यापक भएकाले तोकिएको समयभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गर्ने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?