National life
cg eloctronics

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२२ भदौ २०८३, सोमबार
1.3kShares
चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
muktinatha bikash bank

सर्लाही । सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अनुसन्धानका क्रममा प्रहरीले चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ । स्थानीयवासीको अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाउँदै आएका छन् । यस्तो कारोबारबाट उनले ठुलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबीसमेत छ ।

everest bank

यद्यपि, यी आरोप पुष्टि हुन बाँकी छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बरामद गरेका गरगहनाको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने सम्बन्धित पीडितलाई प्रहरीसमक्ष जाहेरी दिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश गौतमका अनुसार बरामद गरगहना आफ्नो भएको दाबी गर्दै सम्बन्धित व्यक्तिले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?