National life

हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|११ असोज २०८३, आइतबार
394Shares
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता
ncell

मोरङ । धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।

फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ ।

दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको उल्लेख गरेकी छन्।

Royal Enfield
nic asia capital
आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको र अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूकै नाममा रहेको भन्दै उनले अंश माग गरेकी थिइन्।

फिरादपत्रमा दिलमायाले वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झै–झगडा र कुटपिट हुने गरेको तथा हर्कराजले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप लगाएकी छन्। पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी भए पनि छोरीको अनुहार हेरेर पति–पत्नी मिलेर बसेको उनको दाबी छ।

तर आफू विदेशबाट फर्किएपछि पनि हर्क साम्पाङले त्यस्तै सम्बन्ध कायम राखेको र उल्टै आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको दिलमायाको फिरादमा उल्लेख छ। पुनः प्रहरीमा रिपोर्ट गरेपछि हर्कराजले ‘के गर्नुपर्छ गर,कहाँ जानुपर्छ जा, तँलाई घरमा बस्न दिन्न,खानलाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको उनको दाबी थियो।

चार अंशियार मागेकी दिलमायाको मुद्दामा पाँच अंशियार कायम

दिलमायाले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई पतिको एक भागबाट आफू,पति हर्कराज र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर त्यसको एक भाग आफूले पाउनुपर्ने माग गरेकी थिइन्।

तर अदालतले नाता,पुस्तावली तथा पेश भएका प्रमाणहरू अध्ययन गरी पाँच अंशियार कायम गरेको छ । फैसलामा हर्कराज राई,उनका दाजुहरू आशय कुमार राई र एकराज राई,आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार रहेको उल्लेख छ। उनीहरूबीच यसअघि विधिवत् अंशबण्डा भएको प्रमाण नदेखिएको अदालतको ठहर छ ।

अदालतले प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीसमेत अध्ययन गरेको थियो। प्रतिवादीहरूको नाममा सम्पत्ति रहेको देखिए पनि ती सम्पत्तिमा अंशियारहरूको हक लाग्ने निष्कर्ष अदालतले निकालेको छ ।

निजी आर्जनको दाबीमा पनि प्रमाण खोज्यो अदालतले 

मुद्दामा आशय कुमार राईको नाममा रहेका कित्ता नम्बर ३९५, ९२५ र ९२९ का सम्पत्ति ब्रिटिस सेनामा काम गरी कमाएको रकमबाट खरिद गरिएको हुँदा निजी आर्जन भएको दाबी गरिएको थियो।

तर ब्रिटिस सेनाबाट कमाएको रकम नेपालमा ल्याई ती सम्पत्ति खरिद गरिएको भन्ने दाबी पुष्टि हुने प्रमाण पेश भएको नदेखिएको अदालतले उल्लेख गरेको छ। त्यसैले ती सम्पत्तिलाई अंशबण्डाबाट अलग राख्ने आधार नदेखिएको फैसलामा उल्लेख छ।

हर्क साम्पाङले दिलमायाको दाबी खण्डन गर्ने प्रमाण दिन नसकेको ठहर 

अदालतले दिलमायाको घरनिकाला तथा खानलाउन नदिएको दाबीमाथि पनि विचार गरेको छ। फैसलामा हर्कराजले दिलमायालाई खानलाउन दिएको भए उनी पति समेतलाई विपक्षी बनाई अंश मुद्दा लिएर अदालतसम्म आउनुपर्ने अवस्था किन आयो भन्ने सम्बन्धमा हर्क साम्पाङले अन्यथा पुष्टि गर्न नसकेको उल्लेख छ ।

अदालतले विभिन्न व्यक्तिको बयानसमेत हेरेको थियो। बयानमा हर्क साम्पाङ,उनका दाजुहरू आशय कुमार राई र एकराज राई तथा किताव सिंह राईकी श्रीमती धनकुमारी राईसमेत गरी पाँच अंशियार रहेको उल्लेख भएको फैसलामा छ ।

हर्क साम्पाङको हिस्साबाट दिलमायालाई अंश 

अदालतले पाँच अंशियार कायम गर्दै सम्पत्ति पाँच भाग लगाउने आधार लिएको छ । त्यसपछि हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने ठहर गरेको छ।

यस हिसाबले समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १र१५ हुने देखिन्छ । अर्थात् पाँच अंशियारमध्ये हर्कराजको हिस्सा १÷५ कायम भएपछि हर्कराजको सो हिस्सालाई हर्कराज, दिलमाया र एलिसाबीच तीन भाग लगाउँदा दिलमायाको हिस्सा १÷१५ हुन्छ ।

अदालतले दर्ता स्रेस्तामा कायम सम्पत्तिलाई पाँच भाग लगाई सोहीअनुसार अंश छुट्याउन र हर्क साम्पाङको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने ठहर गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
394SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?