काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षभित्र सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्मका सबै दाबीहरू फर्छ्योट गरिएको बोर्डले जानकारी दिएको छ।
मंसिरपछिका दाबीहरूको भुक्तानीका लागि आवश्यक स्रोत सुनिश्चित गर्न बोर्डले तयारी अघि बढाएको छ। बिमा कार्यक्रमलाई दीगो बनाउने उद्देश्यले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको पनि जनाइएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित सेवाग्राहीको उपचारमा कुनै अवरोध नआउने गरी निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा दिन आग्रह गरेको छ।






































