काठमाडौं । हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडमा नेतृत्व तहमा परिवर्तन भएको छ। संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनीहरूले असार २९ गते राजीनामा पेश गरेका थिए। उक्त राजीनामा असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ।
राजीनामा स्वीकृत भएसँगै संस्थाको नेतृत्व संरचनामा परिवर्तन आएको छ। यस निर्णयपछि अब कम्पनीले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


































